Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भेट भएको हो। भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकाकरी दिएको छ।

प्रधानमन्त्री देउवाले ट्विट गर्दै लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेको बताएका छन्।

‘हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेका छौं,’ प्रधानमन्त्री देउवाले ट्वीटमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077