काठमाडौँ । आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार बिहान सर्वोच्च अदालतको गेटमा धर्ना दिन लाग्दा वकिलहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
सोही क्रममा घाइते भएका नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ । उनको छाति र देब्रे खुट्टामा चोट लागेको बताइएको छ।
यस्तै, घम्साघम्सीका क्रममा बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित अन्य थुप्रै कानुन व्यवसायीहरु पनि घाइते भएका छन् । आन्दोलनरत कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै आएका छन्।
[insert page='98163' display='yopanipadhnuhos.php']
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई बैकल्पिक गेटमा धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।
प्रहरीको हातपातपछि सर्वोच्च परिसरमा अहिले तनापूर्ण स्थिति देखिएको छ।
प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत बारले उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ।