Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश विवाद: कानुन व्यवसायीहरुको धर्नामा 'एसएलआर' !

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजिनामा माग्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुलाई रोक्न हतियारसहितका प्रहरी परिचालित भएका छन् ।

बिहीबार सर्वोच्चादलत परिसरमा कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जसमा एसएलआर बोकेका जवानहरुको संख्या उल्लेख्य रहेको छ।

प्रहरीभित्र नै घातक हतियार मानिने एसलआर कानून व्यवसायीको प्रदर्शनमा पहिलोपटक देखिएको हो।

यस्तै, सर्वोच्चमा उपस्थित प्रहरीहरुले अश्रुग्यास प्रहार गर्ने बन्दुक र दंगा नियन्त्रणमा उपयोग गरिने अन्य उपकरण पनि बोकेको पाइएको छ।

यसअघि प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिने उदेश्यसहित मूलगेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीले बिहीबार भने वैकल्पिक गेटमा पनि धर्ना दिएका छन् ।

धर्नाका क्रममा केही बेर प्रहरी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच घम्साघम्सी समेत थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077