Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा आएका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। उपसहायकमन्त्री केली केइन्डरलिङ पनि आज बिहीबार आइपुग्दै छिन्।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएको हो । कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ।

भेटवमा लु र नेपाली नेताहरुबीच एमसीसीको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ। अमेरिकाले एमसीसी पास गराउन यसअघि पनि वार्ताका लागि एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई नेपाल पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077