Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अदालत लडाइँको थलो भयो, वकिलहरुको कुटाकुट गर्ने ठाउँ बन्यो : ओली

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालत लडाइँको थलो बनेको टिप्पणी गरेका छन्। प्रधानन्यायाधीश विवादमा भएका आन्दोलनतिर लक्षित गर्दै उनले अदालत वकिलहरुको कुटाकुट गर्ने ठाउँ बनेको बताए।

बुधबार नेपालगन्जमा राजनीतिज्ञ, उद्योगपति तथा समाजसेवी पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराउन गएका उनले जनतालाई न्याय दिन छोडेर अदालतमा भइरहेको आन्दोलनलार्ई देशका लागि अत्यन्तै दुःखद स्थिति भएको बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अदालत लडाइँको थलो, अदालत कालो पट्टी बाँध्ने ठाउँ, अदालत वकिलहरुको कुटाकुट गर्ने ठाउँ, आन्दोलन गर्ने ठाउँ र बन्द गर्ने ठाउँ भएको छ। जनतालाई समस्या परिरहेको छ।’

‘न्यायाधीशहरु पारिश्रमिक लिनु भएको छ। गाडी चढेर जानु भएको छ। त्यो पनि एमालेका विरुद्ध। कोही इमेल लेखेर पठाउँछन्। कोही इमेल पढेर बसेका छन्। जनताका विषयमा होइन,’ उनले थपे, ‘यो अत्यन्तै दुःखद स्थिति हो, देशमा। अहिले पनि हुन नदिन तपाईँ हामी सबै दाजुभाइ दिदीबहिनीहरु सचेत भएर यस स्थितिको अन्त्य एकताबद्ध भएर अघि बढ्नुपर्छ।’

ओलीले आफू प्रधानमन्त्री भएका बेला गरेको कामको चर्चा गर्दै एमालेको लोकप्रियताबाट सत्ता गठबन्धनका दलहरु अत्तालिएको पनि जानकारी दिए। उनले माधव नेपाल र प्रचण्डमाथि पनि आक्रोश पोखेका छन्। उनीहरुलाई ‘कुलंघार’को संज्ञा दिँदै नेपाली कम्युनिष्ट आन्दोलनमा यस्ता प्रवृत्तिका मानिसहरु आउन नहुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077