Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४ न्यायाधीशले घुस खाएको प्रमाण ल्याउन ओलीलाई वरिष्ठ अधिवक्ता थापाको चुनौती

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका ४ जना न्यायाधीशले घुस खाएको प्रमाण ल्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विवाद परेपछि ओलीले संसद विघटनको मुद्धामा फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका बेला ओलीले प्रधानन्यायाधीशले मात्र नभएर परमादेश दिने पाँचै न्यायाधीशले दिनुपर्ने अभिव्यक्ति दिएका थिए।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष पनि रहेका थापाले भने ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती न्यायाधीशसहरुले घुस खाएको प्रमाण पेश गर्न चुनौती दिएका हुन्।
वरिष्ठ अधिवक्ता थापाले अहिलेको आन्दोलन न्यायालयमा गन्हाउने अवस्थामा पुगेको भ्रष्टाचार, विकृति, विसंगति, नातागोता र बिचौलियाविरुद्ध भएको बताउँदै त्यसको नाइके प्रधानन्यायाधीश राणा भएको बताए।

बारको आन्दोलनमा सहभागी थापाले भने, ‘चार जना पनि घुसमा लिप्त छन् भन्नेले प्रमाण ल्याउनुस् न त । तर परमादेश दिएकाले राजीनामा दिनुपर्छ भन्नुभएन । हामी त भ्रष्टाचारविरुद्ध, नातागोताविरूद्व आन्दोलनमा हो । यो तथ्यलाई बुझ्नुपर्छ।’

वरिष्ठ अधिवक्ता थापाले संसद चाहिँदैन भनेकाले ओली प्रधानमन्त्रीबाट हट्नुपरेको भन्दै त्यसमा आफूहरुको सरोकार नभएको बताए। थापाले जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण पनि गराए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077