काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) विरेन्द्र महतोसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।
अख्तियारका अनुसार सई महतोले नेपाल प्रहरीमा भर्ना हुँदा आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्ममिति किर्ते गरेर भर्ना भएको भन्ने उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा सई महतोले प्रहरीको प्रहरी जवान पदमा नियुक्ति हुँदा पेश गरेका प्रमाण-पत्रहरुमा जन्म मिति सच्याई पेस गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
सई महतोले सरस्वती माध्यामिक विद्यालय पिपरा भलोहिया, रौतहटमा तत्कालिन प्रधानाध्यापक रविन्द्र झा र सोही विद्यालयमा कार्यरत शिक्षक मुकेश कुमार सिंहसँग मिलेर सो कार्य गरेको अख्तियारको अनुसन्धानमा खुल्न आएको हो ।
अख्तियारको अनुसन्धानपछि उनीहरु तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र ऐ. ऐनको दफा २९ को उपदफा (२) बमोजिम सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ।
Leave a Reply