Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवकाे नेपाल बन्द: चोकचोकमा जनपथ र सशस्त्र प्रहरी, सेना पनि निस्कियो गस्तीमा

काठमाडौँ । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाले आह्वान गरेकाे बन्दकाे असर राजधानी काठमाडाैंमा पनि परेकाे छ ।

बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छन् भने छोटा दूरीका सवारी साधन फाट्ट फुट्ट चलेका छन् ।

बन्दमा मुख्यत यातायात, सरकारी कार्यालय, शिक्षण संस्था, व्यापार व्यवसाय प्राय ठप्पै छन् भने केही क्षेत्र खुलै राखिएको नेपाल बन्द आयोजक नेकपा स्रोतले बताएको छ।

स्रोतका अनुसार अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुलै रहने छन्।

यता स्थानीय प्रशासनले बन्दमा कुनै अप्रिय घटना नघटोस् भन्ने उद्येश्यले सुरक्षा सतर्कता बढाएकाे छ । चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको भने नेपाली सेना पनि गस्तीमा निस्किएको छ।

गृह मन्त्रालयका अनुसार हालसम्म सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्दकर्तालाई मुलुकका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077