Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जबरामाथि छानबिन गर्न नागरिक समूहको अपील

काठमाडौं । नागरिक समूहले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न अवील गरेको छ। स्वतन्त्र न्यायपालिका कायम राख्नका लागि जबरामाथि शिघ्र छानबिन गर्न माग गरिएको हो।

सो समूहले सोमबार अर्चना थापा, अञ्जना शाक्य, अनिता थपलियालगायतले नागरिक अपिल जारी गर्दै प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक कार्यक्षमतामाथिको प्रश्न, उनीमाथि लागेको भ्रष्टाचारलगायत न्यायिक विचलनको सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने माग गरेको छ।

‘न्यायपालिकाको नेतृत्वमाथि मूलतः प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसन आन्दोलनरत् छ भने सर्वोच्च अदालतभित्रका बहुसंख्यक न्यायाधीशहरूले पनि बेन्च वहिष्कार गरेको अवस्था छ । न्यायपालिकामा भएका अनियमितताका सवालहरू सतहमा आएका छन् । यसले सिङ्गो न्यायपालिकाको साख र सम्मानमा आँच आएको छ,’ अपिलमा भनिएको छ, ‘यसले मानव अधिकार, न्यायमा पहुँच तथा कानुनको शासन कार्यान्वयनमा थप चुनौती रहेको पुष्टि गरेको छ।’

अपीलमा अघि भनिएको छ, ‘प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक कार्यक्षमतामाथिको प्रश्न, उनीमाथि लागेको भ्रष्टाचारलगायत न्यायिक विचलनको सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने अवस्था छ। यसका निमित्त निजमाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायम गर्न हामी स्वतन्त्र नागरिक, नागरिक संस्थाका प्रतिनिधिहरू सरकारसित जोडदार माग गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077