Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलि विप्लवको नेपाल बन्द: कालो कोटधारीलाई आवतजावतमा अवरोध नगर्ने सहमति

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' समूहले नेपाल बार एसोसिएसनको आन्दोलनमा सहभागी जनाउने अधिवक्तालाई नरोक्ने भएको छ ।

मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा गरेको विप्लव समूहले कानून व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुनेहरुलाई नरोक्ने भएको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिएका छन्।

मंगलबार घोषित नेपाल बन्दमा आन्दोलन के हुने अन्योलकाबीच बार महासचिव पौडेलले सोमबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा अधिवकतालाई अवरोध नहुने जानकारी गराए ।

'भोलि विप्लव समूहले नेपाल बन्दको कार्यक्रम राखेको भए पनि कानून व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचय पत्र सहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुलाई कुनै रोक, अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको छ,' विज्ञप्तिमा भनिएको छ ।

विज्ञज्ञप्तिमा सर्वोच्च अदालतलगायत देशभरका सबै कानून व्यवसायीहरुलाई कुनै अवरोध नहुने र नरहने भएकोले सम्पूर्ण कानून व्यवसायीलाई बार र एकाईहरुबाट गरिने कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077