Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाले तोके आफूसहितको दश इजलास, सुनुवाइ होला त ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

सोमबार दश वटा इजलासमा पेसी तोकेका उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोकेका छन् । आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएका छन्। उनीहरुले प्रधानन्यायाधीश जबराले यथाशीघ्र राजिनामा दिनुपर्ने माग राख्दै दिनहुँ धर्ना समेत दिएका छन्।

सोही कारण सर्वोच्च अदालतमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र भने सुनुवाइ हुँदै आएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै राजीनामा नदिने अडान राखेका छन्।

यसअघि आज बिहान मात्रै प्रधानन्यायाधीश राणाले आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन समेत आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077