Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिआईजीको दरबन्दी थपेर बढुवा हुने योजनामा रहेका एसएसपीहरु हिस्स

काठमाडौं । कुनै पनि हालतमा डिआईजीमा बढुवा भएरै छाड्ने दावी गर्दै हिंडेका केही एसएसपीहरुको योजना विफल हुने भएको छ ।

एसएसपी नरबहादुर खत्री डिआईजीको दरबन्दी थपेरै भएपनि बढुवा हुन्छु भन्दै दौडधुपमा लागेका थिए । तर, योजना सफल नभएपछि उनले आजदेखि अवकाश पाएका हुन् ।

खत्रीसहित अवकाशको मुखमा रहेका केही एसएसपीहरुले बढुवाका लागि प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा पत्राचार समेत गराइसकेका थिए । त्यसैले पनि उनीहरु बढुवा हुनेमा ढुक्क थिए ।

तर, दरबन्दी थप गर्ने बारे गृहमन्त्री बालकृष्ण खाँड सकारात्मक भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमा चासो नदिदा उनीहरुको योजना विफल भएको हो ।

अनावश्यक दरबन्दी थप गर्दै जाने हो भने प्रहरीभित्रको चेनअफ कमाण्ड नै विग्रने भन्दै सरकार त्यसकालागि सकारात्मक छैन ।

उनीहरुले ५५ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन् । डिआईजीमा बढुवा भएको भए उनको जागिर अझै डेढ वर्ष लम्बिने थियो ।

दरबन्दी थपको निर्णय हुन नसक्दा एसएसपी नरबहादुर खत्रीले आजबाट अवकाश पाएका हुन् । त्यसैगरी एसएसपीहरु हरिराज वाग्ले, मोहन आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह लगायतले पनि उमेरहदका कारण अवकाश पाउन लागेका छन् । खत्रीसँगै उनीहरु पनि बढुवाका लागि दौडधुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077