Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाधिवेशन खर्चका लागि एमालेले तीन दिनमा पाँच लाख उठायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीको आसन्न १० औं महाधिवेशनको खर्चका लागि पार्टी सदस्यबाट अहिलेसम्म पाँच लाख रुपैयाँ संकलन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार गत शुक्रबार साँझदेखि सुरु गरिएको ई बैंकिङ प्रणालीबाट पाँच लाख संकलन भएको छ।

कार्यालयका अनुसार शनिबार मात्र एक दिनमा एक लाख ९४ हजार संकलन भएको थियो ।

महाधिवेशनका लागि चन्दा उठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ लिदैछ ।

एमालेले पार्टी सदस्यहरुले मोबाइल बैंकिङ प्रणालीबाट शुल्क जम्मा गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

महाधिवेशन यही मङ्सिर १० देखि १२ सम्म चितवनमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077