Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मूल्यवृद्धिको विरोधमा त्रिचन्द्र कलेज अगाडि विप्लव नेतृत्वको समूहले गर्यो चक्का जाम

काठमाडाैँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ।

नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो ।

सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको हो ।

बिहान अफिस टाइममा गरिएको प्रदर्शनका कारण सयौं सवारी साधनहरु घन्टौं जाममा परेका थिए।

गत बुधबार रातिबात लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ र खान पकाउने ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077