Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको हरेक कमिटीमा अब ‘एक व्यक्ति, एक पद’

काठमाडौं । नेकपा माओवादी केन्द्रको सबै कमिटीमा अब एक व्यक्ति एक पदमा मात्र बस्न पाउने भएको छ। शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा संशोधन गर्दै यस्तो अवधारणा लागू गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात–सात पदाधिकारी रहने भएका छन्। यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन्। यस्तै सेल कमिटीमा सचिवमात्र राखिने निर्णय भएको छ।

माओवादी केन्द्रका एक नेताका अनुसार जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077