Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले शंख फुके

काठमाडौँ । आन्दोलनरत कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गरेका हु न्।

प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको, सर्वोच्चमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित गत कार्तिक पहिलो सातदेखि नेपाल बार आन्दोलनमा रहेको छ ।

शुक्रबार प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीले  सर्वोच्च प्रवेश गर्न नदिने भन्दै सर्वोच्चको मूल गेटमा धर्ना बसेका थिए। तर, उनी अर्को बाटोबाट सर्वोच्च प्रवेश गरेका थिए।

मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।

महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077