Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विकासको काम गर्दागर्दै अस्ताए विद्यार्थी नेता

हेटौँडा । नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए । शव परीक्षण गरी परिवारलाई दाहसंस्कारको लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077