Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनले दुनामा माग्दा अदालतले टपरीमा दियो: ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत किनबेचका भरमा चलेको आरोप लगाएका छन्।

सोमबार एमाले मोरङले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सबोधन गर्दै अध्यक्ष ओलीले मन्त्री, राजदुतलगायत नियुक्तीका कुरामा अदालत मुछिएको भन्दै यस्तो आरोप लगाए।

कार्यक्रमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको स्मरण गर्दै गठबन्धनले थोरै खोज्दा धेरै मिलेको बताए । उनले भने, 'उहाँहरूले दुनामा माग्दा अदालतले टपरीमा दियो।'

यस्तै, गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने उनको भनाइ छ ।

उनले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफुसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077