Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • चोलेन्द्रलाई प्रधानन्यायाधीशबाट हटाउन आन्तरिक छलफलमा जुटे न्यायाधीशहरू

    चोलेन्द्रलाई प्रधानन्यायाधीशबाट हटाउन आन्तरिक छलफलमा जुटे न्यायाधीशहरू

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट हटाउन सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।

    सर्वोच्च स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ के गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरू छलफलमा जुटेका हुन्।



    न्यायालय सुधारका लागि भन्दै बार एशोसिएशनसहितका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन् । जसका कारण सर्वोच्चमा न्यायाधीशहरूको इजलास बसेको छैन।



    तर, बारको प्रदर्शनलाई वेवास्ता गर्दै प्रधानन्यायाधीश जबराले आजका लागि ६ इजलासमा सात मुद्दाको पेसी तोकेका छन् । पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।

    यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । तर जबराले अहिलेसम्म पनि राजीनामा दिएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार