Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारको प्रदर्शनलाई वेवास्ता गर्दै प्रधानन्यायाधीश जबराले तोके इजलास

काठमाडौँ । विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार आफूसहित ६ वटा इजलास तोकेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबराले सोमबारका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका हुन्।

प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका हुन् ।

त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीलाई संयुक्त इजलास तोकिएको छ ।

त्यस्तै न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । यसअघि प्रधानन्यायाधीश जबराले आफूलाई २ वटा मात्रै इजलास तोकेका थिए ।

यता प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले आज पनि प्रदर्शन जारी राखेका  छन् ।

नेपाल बार एशोसिएसनबाट वकिलहरूले कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ।

यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । तर जबराले अहिलेसम्म पनि राजीनामा दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077