Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विरामी बोकेको एम्बुलेन्स उकालोमा चढ्न नसक्दा दुर्घटना, १ जनाको मृत्यु ६ जना घाइते

काठमाडौं । ताप्लेजुङमा विरामी बोकेको एम्बुलेन्स नै दुर्घटनामा पर्दा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिरामी लिएर ताप्लेजुङको मैवाखोला गाउँपालिकाबाट सुनसरीको धरान जाँदै गरेको एम्बुुलेन्स शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धरान पुर्‍याइएको छ ।

मे१झ ३१७० नम्बरको एम्बुलेन्स शनिबार राति लेकुवाका बिरामी विरबहादुर लिम्बूलाई लिएर धरान जाँदै थियो । लिम्बुको साथमा श्रीमती, छोराछोरी र छिमेकी हेमकला पनि त्यही एम्बुलेन्समा चढेका थिए । घाइतेमध्ये एक जना चालक रहेका छन् ।

ताप्लेजुङको मिल्केडाँडा कट्ने बेलाको उकालोमा चढ्न नसकेर गाडी केही पछाडि सर्दा दुर्घटनामा परेको बताइएको छ । एम्बुलेन्स सडकबाट झण्डै ५० मिटर तल झरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077