Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सिएरा लियोनमा इन्धन ट्यांकर विस्फोट : ९१ जनाको मृत्यु

    सिएरा लियोनमा इन्धन ट्यांकर विस्फोट : ९१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनमा इन्धनको ट्यांकर विस्फोट भएको छ। देशको राजधानी फ्रिटाउनमा भएको उक्त दुर्घटनामा ९१ जनाको मृत्यु भएको छ।

    उक्त विस्फोटमा कैयौं मानिसहरु घाइते भएको सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनडीएमए)का सञ्चार निर्देशक मोहम्मद लमराने बाहले जानकारी दिएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्न सकिने बताइएको छ।



    दुर्घटनाको कारणको खोजी भइरहेको जनाइएको छ। इन्धन भरिएको ट्याङ्करमा भएको विस्फोटको आवाज शहरभन्दा निकै परसम्म सुनिएको थियो। आगोको ज्वाला नजिकका बस्तीमा फैलिएको थियो। आगोका कारण लामो समयसम्म घटनास्थलमा पुग्न नसकिएको स्थानीय अधिकारीहरूले जनाएका छन्।



    फ्रिटाउनका मेयर यवोन अकी–सयरले इन्धन बोकेर गुडिरहेको ट्याङ्करलाई अर्को ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको बताएका छन्। विस्फोटको आवाज सुनेर घटनास्थलमा पुगेका स्थानीयले शुरुवाती उद्धार गरेका थिए।

    सामाजिक सञ्जालमा दुर्घटनास्थल र घाइतेहरुको तस्वीर र भिडियो भाइरल भइरहेको छ। ‘मेरो समवेदना विस्फोटमा पर्ने पीडित परिवार र आफन्तजनसँगै छ। मृत्यु हुनेहरुको आत्मालाई शान्ति मिलोस्,’ उनले लेखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार