Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिका लगाउन माइतीघर हिँडेकी ईश्वरी ३ वर्षीय छोरीसहित खोलामा खसिन्

जाजरकोट । तिहारको टिका लगाउन माइती हिँडेकी महिला खोलामा खसेर बेपत्ता भएकी छिन्। जाजरकोटको बारेकोट गाउँपालिका ७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेको प्रहरीले जानकारी दिएको छ।

सिंह मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा खसेकी हुन्। खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको बताइएको छ। छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077