Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अधुरै रह्यो निधारमा सप्तरङ्गी टिको लगाउने चाहना, ट्रकले लियो २८ वर्षीय युवकको ज्यान

मोरङ । मोरङको रंगेलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। रंगेली नगरपालिका को ८ नम्बर वडा स्थित दर्बेशा चौकमा मे १ ख २२९१ नम्बरको मिनि ट्रकको ठक्करबाट पैदल यात्री स्थानका २८ वर्षीय शनि राजवंशीको मृत्यु भएको हो।

एक नम्बर प्रदेश प्रहरी कार्यालयल विराटनगरका अनुसार बुधबार बिहान साढे ६ बजे दक्षिण तर्फ आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा रावजंशी घाइते भएका थिए। उनको उपचारका लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।

दुर्घटनापछि ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाऊपालिका ६ का ३२ बर्षीय जितेन्द्र राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएकको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077