Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईको संकेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनुपर्ने संकेत गरेका छन्।

दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत त्यस्तो धारणा राखेका हुन्। न्यायलयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्ती सच्याउन नसके संसद अघि सर्नुपर्नेमा जोड दिएका छन्।

‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ भट्टराईले भनेका छन्, ‘राज्य÷समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासंगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप नगरौं ।’

यसअघि जसपाकै सांसद इस्तियाक राईले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन संसदको विशेष अधिवेशन बोलाउन माग गरेका थिए। त्यसैगरी कांग्रेसका १२ जना नेताले अदालतमा देखिएको समस्यामा न्यायाधीशहरुको पक्षमा पार्टी उभिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077