Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्तिक ९ गते भीरबाट खसेर बेपत्ता भएका युवक बडिगाड खोलामा मृतावस्थामा फेला

बागलुङ । गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् ।

कात्तिक ९ गते दशैंको पूर्णिमा मेला बुर्तिवाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२सिमलचौरदेखी मालारानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा खसे बेपत्ता भएको प्रहरीलाई जानकारी दिएको थियो ।

सोही अनुरुप ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रमममा बुधबार उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077