Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अरुण करिडोर आयोजना सरकारले अघि बढाउँछ: अर्थमन्त्री शर्मा

संखुवासभा । अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् ।

बुधबार प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए ।

सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै मन्त्री शर्माले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए ।

किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो ।

नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए । मन्त्री शर्माले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077