Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • प्रधानन्यायाधीश विवाद:

    नौ दिनपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुुवाइ

    नौ दिनपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुुवाइ

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ ।

    एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मङ्गलबार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन ।



    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका ती इजलास तोकेका थिए। ती मध्ये छ संयुक्त र दुई एकल छन् । इजलासमा सुनुवाइसमेत सुरु भइसकेको छ ।



    सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दी प्रत्यक्षीकरणको मुद्दामा पेसी तोकेका छन् र सुनुवाइ पनि सुरु भइसकेको छ।

    गत आइतबार मध्याह्नदेखि न्यायाधीशहरुले विभिन्न माग राख्दै सुनुवाइ गर्न इन्कार गरेका थिए । यही कात्तिक ८ गते सोमबारदेखि मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको थियो ।

    सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज नौ दिन पुगेको छ । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

    यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार