Online Nepal
  • शुक्रबार, ४ माघ २०८१
  • चौथो दिन पनि प्रधानन्यायाधीशविरुद्धको धर्ना जारी, आफूलाई इजलास नतोकेका राणाले अरूका लागि ९ वटा इजलास तोके

    चौथो दिन पनि प्रधानन्यायाधीशविरुद्धको धर्ना जारी, आफूलाई इजलास नतोकेका राणाले अरूका लागि ९ वटा इजलास तोके

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आज चौथो दिन पनि धर्ना जारी राखेको छ।

    बारले प्रधानन्यायाधीशलाई दिएको पाँच दिन अल्टिमेटम आज सकिंदै छ । नेपाल बारको अगुवाइमा भइरहेको प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।



    एशोसियसनले १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    यता, सर्वोच्च अदालतबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बुधबार पनि आफ्ना लागि इजलास तोकेका छैनन्।

    बुधबार राणाले अरू न्यायाधीशहरूका लागि ९ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् । उनले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोकेका हुन् । कुल ९ वटा इजलासमा उनले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोकेका छन् ।

    एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राखेका छैनन् ।

    विवादमा फसेका प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने पक्षमा रहेका न्यायाधीशले गत सातादेखि इजलासमा सुनुवाइ गरेका छैनन्।

    सत्तासँग साँठगाँठ गरेको, मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेसी तोक्दा गोलाप्रथा लागू गर्न नमानेकोलगायत विषयमा राणाको चौतर्फी आलोचना भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार