काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्नेमा दोधारमा छन् । पार्टी प्रवेशका लागि चरणबद्ध छलफलमा रहेका गौतमले समयमै निर्णय गर्न नसक्दा पार्टी प्रवेश गर्ने विषय अन्योल बनेको हो ।
नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गर्न खोजेका गौतमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरे । ओलीले गौतमलाई ल्याउन नचाहेपछि एमालेबाटै विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेशका लागि चरणबद्ध छलफल भयो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता र गौतमका बीचमा चरणबद्ध छुट्टाछुट्टै एवं सामूहिक रूपमा छलफल भयो । छलफल सकारात्मक रहेको र गौतम एकीकृत समाजवादीमै प्रवेश गर्ने टुंगोमा पुगिसकेपछि गौतम नेतृत्वको अभियानले कुनै निर्णय नै गर्न सकेन ।
१७ पुसमा गौतमले एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको बताएका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालसँगको संवादपछि गौतमले पार्टी एकता छिट्टै हुने बताएका थिए । राजधानी दैनिकबाट
Leave a Reply