Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काबुलमा आत्मघाती आक्रमण : १९ को मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पताल नजिकै मङ्गलबार गराइएको विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

आक्रमणमा कम्तीमा ५० जना घाइते भएको बताइएको छ । आक्रमणकारीले सैनिक अस्पतालको गेटनजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउण्ड गोली पनि चलाएको तालिवान स्रोतले बताएको छ ।

अफगानिस्तानमा तालिवान समूहले सत्ता कब्जामा लिए पछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा २० बर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिवान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्वन्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077