Online Nepal
  • बुधबार, १० पुष २०८१
  • के हो तान्त्रिक यौन ? कसरी बनाउने तान्त्रिक यौन सम्बन्ध ?

    के हो तान्त्रिक यौन ? कसरी बनाउने तान्त्रिक यौन सम्बन्ध ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 7K
    SHARES

    काठमाडौं । नेपाली समाजमा यौनका विषयमा सहजै छलफल र बहस गर्न सकिने वातावरण छैन । यद्यपि पछिल्ला दिनहरुमा केही मानिसहरु यौनका विषयमा खुलेर कुरा गर्न थालेका छन्।

    यौन मानव जीवनको आवश्यकताभित्र पर्छ। यहाँ हामी तान्त्रिक यौनका विषयमा कु।ा गर्दैछौं । तान्त्रिक यौन, अलि भिन्न लाग्न सक्छ यो सन्दर्भ । वास्तमा यो यौनको कुनै अनौठो गतिविधि भने होइन ।



    यसको लक्ष्य के मात्र हो भने, तपाईंका पार्टनरलाई आध्यात्मिक एवं गहिरो तरिकाले सम्झाउन बाहेक अरु कुनै गतिविधि नहोस् ।



    यसको उदेश्य चरामोत्कर्ष मात्र होइन । यद्यपी यसमा व्यक्तिगत सम्बन्धलाई बलियो बनाउनका लागि एकअर्कालाई गहिराईसम्म बुझ्नु र आनन्ददायक अन्तरंग सम्बन्ध बनाउने कुरामा जोड दिइन्छ ।

    लामो समय

    तान्त्रितक यौनका लागि तपार्ईंलाई छोटो समयले पुग्दैन । यो क्षणिक प्रेमको लागि पनि होइन । ‘यस माध्यामबाट तपाईंभित्र पार्टनरप्रति अगाध श्रद्धा जाग्नुपर्छ’ भनिएको छ तान्त्रिक सेक्स मेड सिम्पलमा । यसको अर्थ के हो भने जब तपाईं आफ्नो पार्टनरसँग यौन सम्बन्ध बनाइरहनुभएको छ, तब तपाईंको मस्तिष्क अन्यत्र भड्किनु हुँदैन । तपाईंको मन–मस्तिष्कमा आफ्नो पार्टनर नै रहनुपर्छ ।

    लचिलो रवैयाको जरुरत

    तान्त्रिक यौनको उदेश्य पुरुषलाई शारीरिक, मानसिक र आत्मको स्तरम्म तृप्त गर्नु हो । यसलाई तपाईं तब आफ्नो सास नियन्त्रण गरेर प्राप्त गर्न सक्नुहुन्छ, जबकी आफ्ना पार्टनर पनि आफ्नो सासलाई नियन्त्रण गरिरहेका छन् । यस्तो अवस्थामा एकअर्काले अरु नजिक भएको अनुभूत गर्छन् । यौन प्रक्रियालाई केही खास विधीबाट लामो समयसम्म गर्नुपर्छ । यसको उदेश्य तपाईंमा चरमोत्कर्ष प्राप्त हुनु होइन, बरु आफ्नो पार्टनरलाई अत्यान्तै नजिक अनुभूत गर्नु हो । जसले पार्टनरको शरीरलाई अरु गहिराइमा बुझ्न सकियोस् ।

    तान्त्रिक यौनको पद्धती, यौनको तौरतरिका र यौनको मानसिक विधीभन्दा पनि उच्च स्तरको हो । तान्त्रिक यौनमा कठिन यौन आसन –मुद्रा)सँग कुनै लेनदेन छैन । यस्तो आसन, जसमा दुबैले उत्तिकै आनन्द लिन सकोस् । यस किमिसको यौन प्रक्रिया लामो समय चल्नुपर्छ र यौनमा पूर्ण आनन्द प्राप्त हुनुपर्छ ।

    सोंच जरुरी

    तान्त्रिक यौन सम्बन्धका लागि आसन, स्थानको कुनै सम्बन्ध छैन । किनभने यो एक मानसिक कुरा हो । यौन सम्बन्धी आफ्नो पुस्तकमा मार्क र प्याट्रिशिया लेख्छन्, ‘कुनै अन्य कारण भन्दा तान्त्रिक यौनको सम्बन्ध तपाईंको दृष्टिकोणसँग सम्बन्धित छ । अतः यसका लागि केवल तपाईंको सोंचमा परिवर्तन आवश्यक छ ।’

    कतिपयले तान्त्रिक यौनलाई फरक भनेर बुझ्छन् । जबकी यो नियमित यौन सम्बन्ध जस्तै हो । यद्यपी यसमा पाटर्नर एकअर्काप्रति भावनात्मक रुपले अरु बढी एकाकार र समर्पित हुनुपर्छ । उनीहरुको सम्पूर्ण ध्यान पाटर्नरमा हुनुपर्छ । तान्त्रिक यौन सम्बन्धका लागि लामो समय आवश्यक छ ।

    कसरी बनाउने तान्त्रिक यौन सम्बन्ध ?

    –यसका लागि एक खुला, शान्त र एकान्त कोठा आवश्यक छ ।

    –कोठा अँध्यारो हुनुपर्छ र त्यसमा मैनबत्ती बालिएको हुनुपर्छ । मैन बत्तीको धिमा प्रकाश चाहिन्छ ।

    –ओछ्यानस सहज र फराकिलो हुनुपर्छ । दुबै आरमदायक सिरानीको बीच एककअर्काको नजिक बस्नुपर्छ ।

    –एकअर्काको आँखामा गहिरिएर हेर्नुपर्छ, जस्तो तपाईं उनलाई बताउन चाहनुहुन्छ कि तपाईं एक इमान्दार र समर्पित पार्टनर हो ।

    –एकअर्काले तालमेल मिलाएर समान गतिमा सास लिनुपर्छ ।

    –आफ्नो हात उनको शरीरभन्दा दुई इन्चको दुरीमा राख्नुपर्छ र उनको शरीरबाट निस्किएको उर्जा अनुभव गर्नुपर्छ । यस उर्जा दुबैले क्रमस अनुभव गर्दै जानुपर्छ ।

    –दुबैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधीबाट यौन क्रियामा संलग्न हुनुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार