Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बन्दीप्रत्यक्षीकरणको मुद्दा: २४ घण्टा नबित्दै न्यायाधीशहरुले प्रतिवद्धता तोडे

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घण्टा नबित्दै आफूहरुको प्रतिवद्धता तोडेका छन् ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरुले आजदेखि बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका थिए।

यसअघिको छलफलमा न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्धा सुनुवाइ गर्ने सहमति बनेको थियो । तर आज भने उनीहरुले हिजोकै जस्तो प्रकृतिका मुद्दामा सहभागिता जनाएनन् ।

जबराले आफुबाहेक आजका लागि ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाईका लागि पेसी तोकेका थिए । मुद्दा सुनुवाइ रोकेर थप रणनीति बनाउन न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077