Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक विमानस्थलबाटै पक्राउ, के हो वास्तविकता ?

काठमाडौँ । प्रहरीले सिल्भर लेपन गरिएको धातुको बाला र धातुको औँठीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आइतबार दिउँसो फ्लाई दुबईको विमानबाट नेपाल आएका भारतीय नागरिक नविनकुमार किशनचन्द रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीका अनुसार उनलाई विमानस्थलको टनेल गेट एरियामा संकास्पद गतिविधिले हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

उनको साथबाट सिल्भर लेपन गरिएको धातुको बाला एक थान र सिल्भर लेपन गरिएको धातुको औँठी दुई थान गरी जम्मा तौल १९६ ग्राम बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077