Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले न्यायापालिकालाई हस्तक्षेप गर्दा अहिलेको अवस्था सिर्जना भयो: प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरेका छन्।

आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले अदालतलगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गरे ।

यस्तै, उनले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचक्र्याई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उनको भनाइ छ ।

‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समाधान गर्ने हो,’ नेता सिंहले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतीको रक्षा हुन्छ ।’ पार्टीभित्रका भजन मण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको उनको भनाइ छ ।

नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए । इतिहासका साथसाथै अझै राम्रो गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077