Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बारको अल्टिमेटम नमान्ने मुडमा जबरा

    बारको अल्टिमेटम नमान्ने मुडमा जबरा

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् ।

    प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा रहेका छन् ।



    नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा नदिने बताए ।



    म संवैधानिक प्रक्रियाबाट आएकाले बिदा पनि हुनुपरे संवैधानिक प्रक्रियाबाट हुने कसैले विरोध गरेर आन्दोलनमा उत्रिँदैमा राजीनामा नदिने राणाले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार