एजेन्सी । जी-२० शिखर सम्मेलनका लागि इटालीको रोम गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गरेका छन्।
बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काँधमा हात राखेको देखिएको छ। बाइडेनले नरेन्द्र मोदीको काँधमा हात राखेको तस्बिर भारतमा भाइरल भएको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले मोदीलाई भेट्नेबित्तिकै अँगालो हालेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका, फ्रान्सलगायत विश्वका शक्तिशाली देशहरूसँगको सम्बन्ध निकै राम्रो रहेको भारतीय मिडियाहरुले दाबी गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन होस् वा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, प्रधानमन्त्री नरेन्द्र मोदी दुवैको भेट न्यानो रहेको वताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणको शनिबार दोस्रो दिन हो । यसै क्रममा रोममा जी–२० देशका नेताहरुको भेटवार्ता भएको थियो ।
पीएमओले ट्वीटमा भन्यो, 'जी-२० रोम शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न नेताहरूसँग कुराकानी गरे।' यसअघि २४ सेप्टेम्बरमा जो बाइडेनले पहिलो पटक ह्वाइट हाउसमा मोदीलाई भेटेका थिए ।
गत महिना, मोदीले अमेरिकाको भ्रमण गरे, जहाँ उनले बाइडेन बाहेक उपराष्ट्रपति कमला ह्यारिस, धेरै कम्पनीका सीईओहरूसँग भेट गरेका थिए ।
https://twitter.com/PMOIndia/status/1454444379804999686?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1454444379804999686%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.aajtak.in%2Fworld%2Fstory%2Fpm-narendra-modi-meets-us-president-joe-biden-and-emmanuel-macron-during-g20-summit-in-rome-ntc-1349992-2021-10-30