Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाण कार्यवाहक प्रधानमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

शुक्रबार बेलायत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले आफू नफर्किन्जेलका लागि खाणलाई जिम्मेवादी दिएको बताइएको छ। बिहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका थिए।

गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन। वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन्।

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077