Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सुरु हुनेछ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकले बिहीबारको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्नेछ। हिजोको बैठकले चयन गरेको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड आज अनुमोदन गरिने तामाङले जानकारी दिए।

साथै बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ। त्यस्तै दसौँ राष्ट्रिय महाधिवेशन स्थल चितवनमा पुगेर फर्केका मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले आजको बैठकमा ‘ब्रिफिङ’गर्ने बताइएको छ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ। नारायणी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र हुने जनाइएको छ। यो महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी एमालेले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077