Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अघोषित बहिस्कारले इजलास प्रभावित

    अघोषित बहिस्कारले इजलास प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर्शमा छन् ।

    सोमबार देखि न्यायाधीशहरू निरन्तर परामर्शमा रहँदा इजलास नबसेका हुन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा नै विकल्प भएको निष्कर्ष मङ्गलबार नै प्रधानन्यायाधीशसामु पु–याइसकेका छन् ।



    तर जबराले त्यसलाई अस्वीकार गरेका छन् । विवाद बढ्दै जाँदा न्यायाधीशको बैठक दैनिकी बनेको छ भने बिनासूचना इजलास प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । बुधबार गठन भएका ११ मध्ये प्रधानन्यायाधीश जबराको एकल इजलास मात्र बस्यो । एकल इजलासमा पाँचवटा मुद्दा पेसी तोकिएका थिए ।



    जसमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विपक्षी रहेको अवहेलना मुद्दा तामेलीमा राख्ने आदेश भयो । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा फिर्ता भएको छ । अन्य दुई बन्दीप्रत्यक्षीकरण र एक कालोबजारी सम्बन्धी मुद्दामा कारण देखाऊ आदेश भएको छ ।

    सो बाहेक न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासमा पनि मुद्दाको सुनुवाइ भएन । यस्तै प्रधानन्यायाधीश नेतृत्वकै संवैधानिक इजलासमा पनि सुनुवाइ भएन । अन्य आठ संयुक्त इजलासको सुनुवाइ पनि प्रभावित भयो । सर्वोच्चको ११ इजलासमा दुई सयभन्दा बढी मुद्दा पेसी तोकिएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार