Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपात

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भु–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार राती देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077