Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कस्तो रहनेछ आजको मौसम ? कहाँकहाँ पर्छ पानी ?

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

अहिले देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

बुधबार राती देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ ।

पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077