एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामा मंगलबार सुनुवाइ भएको छ।
पूर्व महान्यायाधीवक्ता मुकुल रोहतगी नै खानको तर्फबाट केस लडेका थिए। यस केसको सुनुवाइ बुधबार पनि जारी रहने भएको छ।
बम्बे आइकोर्टमा एनसीबी र खानका वकिलले आ–आफ्नै तर्क पेश गरेका थिए। मुकुलले आर्यनको गिरफ्तारीमा नै प्रश्न उठाएका थिए। उनले आर्यनलाई बिना कुनै आधार पक्राउ गरेको दुःख दिएको बताए।
यस मामिलामा बुधबार सुनुवाइपछि फैसला हुनेछ। एनसीबीले अनन्या पाण्डे र आर्यन खानबीचको च्याट सार्वजनिक गरेको छ। जसमा उनीहरुबीच ड्रग्सको विषयमा कुराकानी भएको छ।
Leave a Reply