Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रधानन्यायाधीशलाई समर्थन गर्ने कांग्रेसको संकेत

    प्रधानन्यायाधीशलाई समर्थन गर्ने कांग्रेसको संकेत

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशलाई समर्थन गर्ने संकेत गरेको छ। पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्बन्धी विवादमा प्रमुख राजनीतिक दलहरुले आ-आफ्नो धारणा सार्वजनिक गरिरहेको बेला सत्तारुढ दल कांग्रेसले भने यस्तो संकेत देखाएको हो।

    यसै बिषयमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए ।



    पछिल्लो समय न्यायालयमा असहज परिस्थिति बनेकोमा समर्थन गर्दै उनले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप पनि गर्दैनौं।



    कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानन्यायाधीश जबराको सिफारिसमा उनका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले विवाद उत्पन्न भएको छ।

    तर, यस बिषयमा नेपाल बार एशाेसिएसन सल्लाहकार समितिका सदस्यहरुको बैठकले भने प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामानदिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    मंगलबार बसेको समितिको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने सुझाव दिँदै यदी राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने बताएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार