Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

परिचयपत्र बिना घर भाडामा नदिन गृहमन्त्रालयको आग्रह (विज्ञप्ति)

काठमाडौं । गृहमन्त्रालयले परिचयपत्र बिना घर भाडामा नदिन आग्रह गरेको छ। सीमा नाकाबाट घुसपैठ गरी विदेशी नागरिक नेपालमा आएर बस्न थालेको भन्दै गृहमन्त्रालयले त्यस्तो आग्रह गरेको हो।

हालै मात्र ११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं आएको र उनीहरु शरणाथी बनेर लुकिछिपी बसेको पाइएको थियो। मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न घरधनीहरुलाई आग्रह गरेको छ।

त्यस्तै गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ।

‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।

साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077