Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकारको ‘क्लिनफिड’ नीतिपश्चात् विज्ञापन बजार थप विस्तार भएको मन्त्री कार्कीको दाबी

    सरकारको ‘क्लिनफिड’ नीतिपश्चात् विज्ञापन बजार थप विस्तार भएको मन्त्री कार्कीको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।

    विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन-प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितकोसमेत सम्बद्र्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिए ।



    उनले भने, ‘विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन-प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक छ ।’



    विज्ञापनलाई मर्यादित बनाउन यससम्बन्धी ल्याउन लागिएको आचारसंहिताले सहयोग पुग्ने बताउँदै मन्त्री कार्कीले सरकारले ‘क्लिनफिड’को नीति लिएपछि विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुगेको उल्लेख गरे ।

    उनले मुलुकलाई समृद्धितर्फ लैजान भाषण र दस्तावेजमा उल्लेख गरेरमात्र पुग्दैन, जनताले अनुभूत गर्ने खालका काम गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुनसक्ने बताए । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भने, ‘हामीसँग उपलब्ध साधन स्रोतलाई उपयोग गर्दै १० वर्षभित्र दक्षिण एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ । यसमा हामी सबै उत्तिकै जिम्मेवार हुनुपर्दछ ।’

    उनले हालैका दिन मुलुकका केही जिल्लामा बाढी, पहिराबाट भएको जनधनको क्षतिबाट प्रभावित जनतालाई तत्काल राहत दिन सरकारको ध्यान गएको उल्लेख गरे ।

    सो अवसरमा मन्त्री कार्कीले बोर्डले मस्यौदा गरेको विज्ञापन आचारसंहिताको अनलाइनमार्फत लोकार्पणसमेत गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कुनै पनि व्यवसायको प्रवद्र्धन र समग्र अर्थतन्त्रलाई चलायमान गराउन विज्ञापनको भूमिका महत्वपूर्ण रहने भएकाले सरकार विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित गराउन प्रतिबद्ध रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार