Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भक्तपुरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार व्यक्तिको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–१ यति कार्पेट नजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्कँदै गरेको प्र.नं ३–०१–००३ क. ५०६५ नंको मिनी ट्रकसँग आज ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार २० वर्षीय सुरज तामाङको मृत्यु भएको छ ।

घाइते तामाङको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्युरोमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मोटरसाइकल चालक मोटरसाइकल चालक चाँगुनारायण नपा–५ छालिङ १९ वर्षीय महेश्वर खड्कालाई सामान्य चोटपटक लागेकाले उपचारपश्चात् डिस्चार्ज भएको छ ।

मिनी ट्रक चालक भक्तपुर नपा–१० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाल र दुर्घटनामा परेको दुईवटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखेर अनुसन्धान सुरु गरिएको प्रनाउ गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077