Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रदेश १ मा एमालेको जालझेल, बैठक स्थगित गर्न सभामुखलाई पत्र (पत्रसहित)

विराटनगर । नेकपा एमाले प्रदेश नं एकले प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ।

आइतबर मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न प्रदेश १ एमाले संसदीय दलको कार्यालयले माग गरेको छ ।

मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो । तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएपछि एमालेले पनि आफ्नो पार्टीको १०औँ महाधिवेशन अन्तर्गतका कार्यक्रम देखाएर प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो ।

एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीद्वारा हस्ताक्षर गरिएको पत्रमा १५ कात्तिकसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077