Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी स्थानमा मध्यम वर्षा हुने

काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ का एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077