Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेमा फेरि भाँडभैलो : १० बूँदे कार्यान्वयन गर्न मानेनन् ओली, भीम रावलले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेमा फेरि भाँडभैलो शुरु भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानका लागि गरिएको १० बूँदे कार्यान्वयन नगर्ने बताएपछि फेरि विवाद शुरु भएको हो।

यससँगै १० बूँदे कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकमा रहेका उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन्। शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकबाट बिदा लिएका हुन्।

रावलले कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा राखेर कार्यान्वयनका लागि प्रस्ताव गरेको बताउँदै अध्यक्ष ओली १० बुँदे कार्यान्वयन नगर्ने दिशामा अघि बढेकाले राजीनामा दिएको बताए।
यस्तै रावलको मतमा उपमहासचिव घनश्याम भुसालले पनि ऐक्यबद्धता जनाएका छन्। असार २७ गते एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको थियो।

एमाले विभाजन हुने क्रममा सोही कार्यदलमा टेकेर तत्कालीन माधवकुमार नेपाल पक्षमा रहेका १० स्थायी कमिटी सदस्यहरू एमालेमै रहेका थिए। हाल आएर अध्यक्ष ओलीले १० बूँदेको बाजा बजाउन छोडौं, सहमति गरेर अघि बढौँ भनेपछि ती नेताहरु तरंगित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077